उपसचिव मरासिनीद्वारा बालिकाको अभिभावकत्व ग्रहण
काठमाडाैं, जेठ २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका-५ को आठ वर्षीया बालिका आरुषी ढकालको...
काठमाडाैं, जेठ २३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपसचिव शान्ता नेपाल मरासिनीले काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका-५ की आठ वर्षीया बालिका आरुषी ढकालको अभिभावकत्व ग्रहण गरेका छन्।
उनले बालिकालाई विद्यालयमा अध्ययनका साथै अन्य खर्चमा सहयोग उपलब्ध गराउने भएका हुन्। स्थानीय तहको निर्वाचनमा मण्डनदेउपुर नगरमा निर्वाचन अधिकृतमा खटिएको मरासिनीले सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा बालिकाको अभिभावकत्व लिएको बताए।
उनले नारी शिक्षित र सक्षम भएमा उनीहरुमाथि हुने हिंसा न्यूनीकरण भई शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने विश्वास व्यक्त गरे।
नगरका नवनिर्वाचित नगरप्रमुख टोकबहादुर तामाङ, उपप्रमुख विष्णुमणि नेपाल, वडाध्यक्षलगायत जनप्रतिनिधिले मरासिनीले सामाजिक सेवाको भावनाले बालिकाको अध्ययनका लागि गरेको अभिभावकत्वले धेरैलाई प्रेरणा प्रदान गर्ने विचार व्यक्त गरे।












