Kathmandu Press

यमनका विद्रोही र सरकारका बीचमा दोस्रो चरणको वार्ता सुरु

आडेन, जेठ २३ : यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ। यहाँको ताइज भन्ने स्थानमा यी दुई...
यमनका विद्रोही र सरकारका बीचमा दोस्रो चरणको वार्ता सुरु

आडेन, जेठ २३ : यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा दोस्रो चरणको वार्ता सुरु भएको छ। यहाँको ताइज भन्ने स्थानमा यी दुई पक्ष वार्ताका लागि बसेका बताइएको छ।

समाचारमा जनाइएअनुसार यहाँका बाटोहरु हुथी विद्रोहीहरुले बन्द गराएकामा ती बाटोहरु खुलेर वार्ताका लागि बसेको समाचारमा जनाइएको छ।

Hardik ivf

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा सो वार्ता हुन लागेको बताइएको छ। यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो।

त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता हुन लागेको हो।

यहाँ हुथी विद्रोहीहरुले कैयाैं वर्षदेखि हिंसा जारी राखेका छन्। जसका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ। यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नुपर्नेमा संयुक्त राष्टसंघले जोड दिँदै आएको छ।

आइतबारबाट सुरु भएको वार्ताका विषयमा संयुक्त राष्टसंघ, यमनी सरकार तथा यहाँका हुथी विद्रोहीहरुका तर्फबाट पनि कुनै वार्ताका विषयमा कुनै प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति: १४:५८ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्