Kathmandu Press

अर्जेन्टिनामा कोरोना भाइरसबाट ८४ जनाको मृत्यु

अर्जेन्टिना, जेठ २३ : अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक...
अर्जेन्टिनामा कोरोना भाइरसबाट ८४ जनाको मृत्यु

अर्जेन्टिना, जेठ २३ : अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन्।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ। 

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ। अघिल्लो हप्ता ५१ हजार ७७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो।

अर्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६१८ पुगेको पनि मन्त्रालयले जनाएको छ। 

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या एक लाख २८ हजार ९७३ पुगेको छ। 

अर्जेन्टिनामा कोरोना भाइरसका कारण बिरामी भइ ३४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन्। उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ। 

अर्जेन्टिनामा गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइएको थियो।     

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्