Kathmandu Press

भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

नयाँ दिल्ली, जेठ २३ : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ।बस खाल्डोमा...
भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

नयाँ दिल्ली, जेठ २३ : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ।

बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ। त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए।

Hardik ivf

भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ। साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए। बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए।त्यसमा परेर पाँच जना घाइते भएका बताइएको छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए। उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ जान लागेको पनि बताइएको छ।

प्रकाशित मिति: १४:५० बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्