Kathmandu Press

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

साेल, जेठ २३ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन घटेको बताइएको छ। दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा...
दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

साेल, जेठ २३ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन घटेको बताइएको छ। दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ हजार २२ जनामा यो सङ्क्रमण देखिएको छ।

यसअघि अघिल्लो दिन ९ हजार भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन्। यहाँ त्यो भन्दा अघिल्लो दिन अर्थात् शनिबारमा मात्र पनि कम्तीमा १२ हजार जनामा कोरोना भाइरसको संक्रमण पाइएको समाचारमा जनाइएको थियो।

यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो। दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।

यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्