Kathmandu Press

बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं, जेठ २३ : बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले आइतबार दिउँसो...
बाँकेमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं, जेठ २३ : बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले आइतबार दिउँसो वैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारूलगायतलाई पक्राउ गरेको हो।

खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टानजिक शंकास्पद रूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरूषले मोटरसाइकलमा राखी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

सोधपुछ तथा अनुसन्धानका क्रममा बैजनाथ गाउँपालिका–८ का १७ वर्षीय एक किशोरले फेसबुकबाट सोही ठाउँस्थित मानखोलाको छेउमा बोलाएको र राजकुमारलगायत पाँचजनाले जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

जबरजस्ती करणीपछि ती किशोरीलाई दुईजनाले घरमा छोड्न जान लागेको खुल्न आएको प्रहरीको भनाइ छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्