Kathmandu Press

दोलखा जिससको निर्वाचन असार १ गते हुने

काठमाडाैं, जेठ २३ : जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ।दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते...
दोलखा जिससको निर्वाचन असार १ गते हुने

काठमाडाैं, जेठ २३ : जिल्ला समन्वय समिति दोलखाको निर्वाचन आगामी असार १ गते हुने भएको छ।

दोलखाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन हुन लागेको हो।

Hardik ivf

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ २४ गते नामावली प्रकाशन गर्ने, २६ गते नामावली सच्याउन संशोधन गर्ने, २७ गते मतदाताको नामावलीमा उजुरी दिने तथा अन्तिम नामावली प्रकाशन गर्ने, २८ गते मनोनयन दर्ता, २९ गते उम्मेदावारकोविरुद्ध दाबी विरोध गर्ने र ३० गते उम्मेवारलाई चिह्न प्रदान गरी असार १ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत भने रहेको छैन। सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तहका १८ प्रमुख उपप्रमुखमध्ये कुनैपनि राजनीतिक दलको एकल बहुमत छैन।

एकल बहुमत नभएपछि राजनीतिक दलका बीचमा गठबन्धन गरी समन्वय समितिको निर्वाचन हुने भएको छ।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्