Kathmandu Press

बेलायती शैक्षिक मेला हुने

काठमाडाैं, जेठ २३ : अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत...
बेलायती शैक्षिक मेला हुने

काठमाडाैं, जेठ २३ : अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेसन फेयर २०२२’ को आयोजना गर्ने भएको छ। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका निर्देशक विनय अधिकारीले मेलामार्फत नेपाली विद्यार्थी र अभिभावकले ३० भन्दा बढी बेलायती विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पाठ्यक्रम, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने बताए।

निर्देशक अधिकारी बेलायती शिक्षा प्रणाली र गैरआवासीय नेपाली समुदायबारे जानकार अभियानकर्मी पनि हुनुहुन्छ ।

वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई विश्वविद्यालयबारे जानकारी दिन संस्थाले यस्तो मेला गर्दै आएको छ।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्