Kathmandu Press

सुनको मूल्य सामान्य बढ्यो

काठमाडाैं, जेठ २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार १०० तोकिएको छ।अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ९००...
सुनको मूल्य सामान्य बढ्यो

काठमाडाैं, जेठ २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार १०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. २०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ४०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्