Kathmandu Press

भक्तपुरको छालिङमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भक्तपुर, जेठ २३ : भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत  कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक...
भक्तपुरको छालिङमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भक्तपुर, जेठ २३ : भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत  कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो ।    

यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ। काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । उनीहरुलाई जरुरी कामको लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत महँगो भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यतासमेत छ।

Hardik ivf

सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मेहम्मे पर्ने तथा आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान किसानलाई हम्मेहम्मे पर्ने गरेको छ। केही समय अघिसम्म छालिङमा सार्वजनिक यातायात सञ्चालन भएको भएता पनि हाल बन्द हुँदा नजिकका आफन्तले समेत हेला गर्ने गरेको छालिङका स्थानीय गोकर्ण पुरीले बताए। विकासको क्षेत्रमा छलाङ मारेपनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको स्थानीय गोविन्द थापाले बताए। 

यसैबीच राजधानीबाट नजिक तथा भक्तपुर नगरसँग जोडिएको स्थान भए पनि यातायात सेवा नहुँदा झौखेल र छालिङवासीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि नगर प्रमुख जीवन खत्रीले समस्या समाधानको पहल गरेका छन् । चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायातको पहुँच विस्तारका लागि उनी जुटेका हुन्। 

यातायातको समस्याले दुःख खेप्दै आएका नगरवासीकोे समस्या समाधानका लागि नगर प्रमुख खत्रीले ख्वप भक्तपुर मिनिबस यातायात समितिका पदाधिकारीसँग छलफल गर्दै चाँगुनारायणमा सार्वजनिक यातायातको विस्तार र पहुँच वृद्धिको लागि पहलकदमी सुरु गरेका हुन्। 

‘चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकांश स्थान ग्रामीण परिवेशभन्दा फरक छैन,’ नगर प्रमुख खत्रीले भने, ‘जहाँ यातायातको सेवा नहुँदा काठमाडौँबाट नजिक भए पनि धेरै टाढाको दूरदराजको गाउँ जस्तो महसुस हुने गरेको छ ।’ उनले चाँगुनारायणको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन भइरहेका सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न र नियमित समय तालिका निर्माण गरी सञ्चालन गर्न यातायात व्यवसायीसँग सहकार्य गर्न नगरपालिका तयार रहेकोसमेत बताए। 

छलफलका क्रममा समितिका पदाधिकारीले झौखेल र छालिङमा एक महिनाभित्र यातायात सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै नगरका सडकको सुधार गर्नुपर्ने, विगतमा यातायात सञ्चालन गर्दा अनेक समस्या आएकाले त्यस्ता समस्या फेरि दोहोरिन नदिन नगरपालिकाले सहयोग गर्नुपर्ने माग राखेका थिए्।  

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्