Kathmandu Press

पोखरामा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरा जेठ २३: नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ।गत वर्ष कोभिड–१९ का कारण...
पोखरामा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरा जेठ २३: नेपाल तेक्वान्दो संघको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ।

गत वर्ष कोभिड–१९ का कारण स्थगित प्रतियोगिता अन्तर्राष्ट्रिय तेक्वान्दो स‌ंघको स्वीकृतिमा आगामी असोज ५ देखि ९ गतेसम्म सञ्चालन हुन लागेको हो।

Hardik ivf

मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशशमशेर राणाले प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने बताए।

विश्व तेक्वान्दो संघको मान्यता प्राप्त  ‘जि टु’ खेल खेलाइने भएकाले सहभागीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।  १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।  प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन्। प्राप्त अंकका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

प्रतियोगितामा सिनियर महिला\पुरुषतर्फ आठ\आठ र जुनियरतर्फ १०\१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ  । 

सदस्यसचिव जगनबहादुर गुरुङले प्रतियोगिताका लागि दुई करोड खर्च लाग्ने अनुमान गरेको जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरेको उनले बताए। 

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। (रासस)

प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्