Kathmandu Press

प्रदेश प्रमुख बिरामी हुँदा दुई दिन सर्‍यो नीति तथा कार्यक्रम

बुटवल, जेठ २३ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ हुँदा सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ।आज प्रदेश सभामा आगामी...
प्रदेश प्रमुख बिरामी हुँदा दुई दिन सर्‍यो नीति तथा कार्यक्रम

बुटवल, जेठ २३ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ हुँदा सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ।

आज प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि प्रदेश सभा बैठक बुधबार बोलाइएको छ।

प्रदेश प्रमुख अस्वस्थ भएपछि बैठक दुई दिन सारिएको प्रदेशसभा​का सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

यससँगै प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशित गरी जेठ २३ गते दिउँसो १ बजे बस्ने तय भएको दशौँ अधिवेशनको छैटौँ बैठक जेठ २५ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको जनाएको छ।

सभामुख पूर्णबहादुर घर्तीको निर्देशन अनुसार बैठक सारिएको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: ०८:३१ बजे, सोमबार, जेठ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्