Kathmandu Press

आयोजनाको म्याद थपियो, काम सकिएन

कैलाली, जेठ २३ : एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने काम अझै अधुरै छ भने स्थानीय सरकारले पटकपटक म्याद थप गर्दै आएको छ।कैलालीको टीकापुर...
आयोजनाको म्याद थपियो, काम सकिएन

कैलाली, जेठ २३ : एक वर्षअघि नै सम्पन्न गर्नुपर्ने काम अझै अधुरै छ भने स्थानीय सरकारले पटकपटक म्याद थप गर्दै आएको छ।

कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वारलगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो। ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम शुरुआत गरेको तीन वर्ष पुगेको छ। सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने जनाउँदै सम्झौता गरेको थियो।

अहिलेसम्म नगरपालिकाले त्यहीँ आयोजनाको लागि सम्झौता भएको मितिदेखि हालसम्म तीन पटक म्याद थप गरिसकेको छ। निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन्।

Hardik ivf

घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन। दुईवटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम यतिबेला भइरहेको छ। पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम शुरु भए पनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन।

नगरपालिकाले उक्त आयोजनाको लागि ७५ लाखको ठेक्का सूचना निकालेको थियो। निर्माण कम्पनीले ५५ लाख ४० हजार ८७६ रुपैयाँ १३ पैसामा ठेक्का पाएको थियो।

आयोजनाको काम सम्झौताको समयमा सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्तसम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिए। त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो।

अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको  छ। निर्माण कम्पनीले नगरपालिकाबाट हालसम्म २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ।

उपमेयर खडकबहादुर शाह नगरपालिकाका इन्जिनियरहरुलाई कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ निर्माण कम्पनीका सञ्चालकले नभई नगरपालिकाका इन्जिनियरहरुले दिनुपर्ने बताए।

निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको प्रतिक्रिया दिए। अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०६:५८ बजे, सोमबार, जेठ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्