Kathmandu Press

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपुुर, जेठ २२ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६०...
नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपुुर, जेठ २२ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।

काम गरेर घर फर्किंदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको पाठकले बताए। पाठकका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

प्रकाशित मिति: २०:३१ बजे, आइतबार, जेठ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्