स्याङ्जा जिल्ला अस्पतालमा खुल्यो ‘ब्लड बैंक’
काठमाडौं, जेठ २२ : स्याङ्जाको पुतलीबजार नगरपालिकामा रक्त सञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको...
काठमाडौं, जेठ २२ : स्याङ्जाको पुतलीबजार नगरपालिकामा रक्त सञ्चार केन्द्र स्थापना भएको छ ।
पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो ।
पुतलीबजार नगरको १० लाख रूपैयाको सहयोगबाट शुरूवात गरिएको ब्लड बैंकलाई थप सहयोग गर्दै लैजाने नगर प्रमुख तुलसीराम रेग्मीले बताए । जिल्ला अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएसंगै जिल्लाका डाईलोसिस र अन्य विरामीहरु रगत खोज्नका अन्यत्र जान नपर्ने भएको छ ।
यसअघि स्थानीय तह निर्वाचनमा विजयी भएपश्चात बसेको नगर कार्यपालिकाको पहिलो बैठकले बायोटेक्निसियनको व्यवस्थापन मिलाई जिल्ला अस्पतालमै नियमित डायलसिस सेवा लिन सक्ने सुनिश्चिता गराउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: २०:२५ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












