Kathmandu Press

तीन जना मृत अवस्थामा फेला

काठमाडौं, जेठ २२ : मुस्ताङको थासाङ गाउँपालिका ४ तल्लो घाँसा बस्ने ७० वर्षीया सुकदेवी सोही ठाउँस्थित थाप्लाङखोला जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी...
तीन जना मृत अवस्थामा फेला

काठमाडौं, जेठ २२ : मुस्ताङको थासाङ गाउँपालिका ४ तल्लो घाँसा बस्ने ७० वर्षीया सुकदेवी सोही ठाउँस्थित थाप्लाङखोला जंगलमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

सल्लाको दियालो खोज्न भनी शनिबार उक्त जंगलमा गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । कपिलवस्तु, बिजयनगर गाउँपालिका १ सुरईखोलामा सोही गाउँपालिका थरौली बस्ने ४४ वर्षीय जोक बहादुर खानगह शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

शनिबार घरबाट माछा मार्न भनि खोलामा गएकोमा उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । गोरखा, पालुङटार नगरपालिका ७ कुनाखेतस्थित मर्स्याङ्दी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्