जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, जेठ २२ : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका १४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका–१ लुभुघाट घर भएका २३...
काठमाडौं, जेठ २२ : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका १४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका–१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका १ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३–०१–०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९:१० बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












