Kathmandu Press

दुवै मिर्गौला गुमाएका खत्रीद्वारा सहयोगको याचना

जुम्ला, जेठ २२ : जुम्लाको तातोपानी गाउँपालिका–२ का मानबहादुर खत्री मिर्गौलाबाट पीडित छन। तीस वर्षीय उनका दुवै मिर्गौलाले काम गर्न छाडेको छ। खत्रीलाई...
दुवै मिर्गौला गुमाएका खत्रीद्वारा सहयोगको याचना

जुम्ला, जेठ २२ : जुम्लाको तातोपानी गाउँपालिका–२ का मानबहादुर खत्री मिर्गौलाबाट पीडित छन। तीस वर्षीय उनका दुवै मिर्गौलाले काम गर्न छाडेको छ। खत्रीलाई उपचार गर्न आर्थिक अभाव छ।

खत्रीले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए। गत चैतदेखि भने उनी घरमै थन्किएका छन। उपचार खर्च जुटाउन नसकेर घरमै थन्किएको खत्रीले बताए। दुवै मिर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपैयाँ लाग्ने भएकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेको उनले बताए।

खत्रीको श्रीमती र ६ वर्षीय एक छोरा छन। उनलाई हिँड्डुल गर्न समेत समस्या भइरहेको छ। खत्रीले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका छन। सहयोग गर्न चाहने व्यक्तिलाई ९७४८९४१३२४ नम्बरमा सम्पर्क गर्न तथा सहयोगी रकम साङ्ग्रिला डेभलपमेन्ट बैंक, जुम्ला शाखामा रहेको खाता नंः ०२८०१२००३९७७२१००००१ मा जम्मा गर्न उनले अनुरोध गरेका छन।

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्