Kathmandu Press

बेइजिङमा कोभिड–१९ नियन्त्रणसम्बन्धी प्रतिबन्धलाई खुकुलो पारियो

बेइजिङ, जेठ २२ : चीनको राजधानी शहर बेइजिङमा महामारीको स्थितिमा सुधार देखिएसँगै बेइजिङले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धलाई खुकुलो पार्ने भएको छ।कोभिडजन्य...
बेइजिङमा कोभिड–१९ नियन्त्रणसम्बन्धी प्रतिबन्धलाई खुकुलो पारियो

बेइजिङ, जेठ २२ : चीनको राजधानी शहर बेइजिङमा महामारीको स्थितिमा सुधार देखिएसँगै बेइजिङले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धलाई खुकुलो पार्ने भएको छ।

कोभिडजन्य परिवर्तित नियमसँगै घरेलु तथा होटल तथा रेष्टुरेण्टको सेवा, कुरियर सेवा र भौतिक उपस्थितिमा हुने शैक्षिक कक्षालाई सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

'कोभिड–१९ सङ्क्रमित दर निकै कम भइसकेकोले महामारी नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध (नियम)लाई खुकुलो पार्न स्थानीय सरकारले तयारी थालेको छ,' महानगरका अधिकारीहरूले आइतबार बताए।

यो नयाँ नियम फेङताई र चाङपिङ जिल्लाका केही क्षेत्रहरूबाहेक सोमबारदेखि चीनको राजधानीका सबै जिल्लाहरूमा लागू हुनेछ। सोमबारदेखि रेस्टुरेन्टभित्रका सेवा उपलब्ध हुनेछन् र एक देखि अर्को समुदायमा कुरियर सेवाका लागि अनुमति दिइनेछ।

कुल आगन्तुक को प्रवाहलाई अधिकतम क्षमताको ७५ प्रतिशतभन्दा बढी नहुने गरी पुस्तकालय, संग्रहालय, सिनेमा र जिमजस्ता सार्वजनिक स्थानलाई पुनः सञ्चालन गर्न अनुमति दिइनेछ।

सार्वजनिक स्थलमा प्रवेश गर्ने, सार्वजनिक यातायातमा यात्रा गर्ने  वा जमघटहरूमा उपस्थित हुनेहरूले ७२ घण्टाभित्रै न्युक्लिक एसिड परीक्षणबाट सङ्क्रमित नभएको पुष्टि हुने रिपोर्ट साथमा बोक्नुपर्नेछ।

बाह्रौं कक्षाका विद्यार्थीहरूबाहेक प्राथमिक, मध्यम र उच्च माध्यमिक विद्यालयका अन्य सबै कक्षाका विद्यार्थीहरूले भौतिक रूपमा जून १३ देखि कक्षामा उपस्थित भई कक्षा लिनसक्नेछन्। बालवालिकाहरूले पनि जून २० देखि कक्षाहरूमा उपस्थित भई अध्ययनका लागि अनुमति दिइनेछ।

बेइजिङमा पछिल्लो २४ घण्टामा स्थानीयस्तरमा सङ्क्रमित हुनेको सङ्रख्या पाँच व्यक्ति रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १८:३० बजे, आइतबार, जेठ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्