Kathmandu Press

सेनाको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम पोखरामा सुरु

काठमाडौं, जेठ २२ : नेपाली सेनाको छ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ भएको छ । पोखराको विजयस्थित श्री मध्य कमान्ड हेड क्वाटरमा...
सेनाको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम पोखरामा सुरु
Hardik ivf

काठमाडौं, जेठ २२ : नेपाली सेनाको छ दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ भएको छ । पोखराको विजयस्थित श्री मध्य कमान्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा पत्रकारहरूलाई समाचार सम्प्रेषण गर्न सहज होस् भनेर सेनाको सांगठनिक स्वरूप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइने छ । 

यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरूलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्