Kathmandu Press

वातावरण दिवस : शान्ति समाजद्वारा विभिन्न जिल्लामा वृक्षरोपण

काठमाडाैं, जेठ २२ : पचासौँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ।शान्ति समाज काठमाडौँ शाखाद्वारा...
वातावरण दिवस : शान्ति समाजद्वारा विभिन्न जिल्लामा वृक्षरोपण

काठमाडाैं, जेठ २२ : पचासौँ विश्व वातावरण दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले एक दर्जन जिल्लामा वृक्षरोपण गरेको छ।

शान्ति समाज काठमाडौँ शाखाद्वारा ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने मूलनारासहित जोरपाटीमा आयोजित विशेष चेतनामूलक कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले वातावरणीय सुधारका कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए। नगर क्षेत्रका खाली ठाउँमा यही वर्षाद्मा बिरुवा रोपिने उनले सुनाए।

Hardik ivf

कार्यक्रममा वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका महासचिव रामकृष्ण बराल, काठमाडाैं शाखा सभापति भगवान पुडासैनी लगायतले वातावरण संरक्षणका लागि हरियाली प्रवर्धन गरिनुपर्नेमा जोड दिए।

नगर क्षेत्रका खाली स्थानमा बिरुवा रोप्ने अभियानमा साथ दिने उहाँहरुको प्रतिबद्धता थियो। सो अवसरमा जोरपाटीस्थित नयाँबस्ती युवा क्लब परिसरअघि वृक्षरोपण गरिएको छ। ओखर, तेजपत्तालगायत जातका करिब ३० बिरुवा त्यस क्षेत्रमा रोपिएको छ। बिरुवालाई नहुर्किएसम्म जिल्ला शाखा काठमाडौँले हेरिरहने जनाइएको छ।

यसैगरी समाजका जिल्ला शाखाको आयोजनामा सङ्खुवासभाको खाँदबारी, सुनसरीको धरान, रुपन्देहीको बुटवल, दाङको तुलसीपुर, चितवनको भरतपुर, मोरङको विराटनगर, महोत्तरीको जलेश्वर, पाल्पाको तानसेन, पर्साको वीरगञ्ज, काठमाडौँको गोठाटारमा पनि वृक्षरोपण कार्यक्रम सम्पन्न भएका छन्। 

यसैगरी विभिन्न निकायसँगको सहकार्यमा सुर्खेत र ललितपुर शाखाले पनि वृक्षरोपण कार्यक्रम गरेका थिए। वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा जनचेतना फैलाउँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्