थप १३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, जेठ २२ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९...
काठमाडाैं, जेठ २२ : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन्।
हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:२१ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












