Kathmandu Press

सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९००

काठमाडाैं, जेठ २२ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला...
सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९००

काठमाडाैं, जेठ २२ : सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९०० तोकिएको छ। 

अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्