Kathmandu Press

पाकिस्तान प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न एफआइएले माग्याे अनुमति

इस्लामाबाद, जेठ २२ : पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले अदाल समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब...
पाकिस्तान प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न एफआइएले माग्याे अनुमति

इस्लामाबाद, जेठ २२ : पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले अदाल समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ।

यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ। शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले  बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआइएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन।

अमजद परवेजले मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि दुबै पिएमएल–एन नेताहरू अदालतबाट बाहिरिएका थिए।

Hardik ivf

दुवैजना जेलमा हुँदा एफआईएले बाबु(छोरालाई सोधपुछ गरेको वकिलले  बताएका छन्। न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन्। अर्को सुनुवाइ जुन ११ हुनेछ।

सुलेमान शाहबाज, ताहिर नक्वी र मलिक मकसूद विरुद्ध गैर जमानती वारेन्टको रिपोर्ट पेस गर्न एफआईएलाई निर्देशन दिइएको छ।

अर्कोतर्फ रमजान चिनी मिल र आशियाना हाउजिङ मुद्दामा सुनुवाइका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले उपस्थित भएर आफ्नो तर्क राख्न पाउँन अनुरोध गरेका थिए।  

नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो। सुनुवाइका क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेस गर्न माग गरेका थिए।  

सबै बहस सुनेपछि सुनुवाइ जुन २० गतेसम्मका लागि स्थगित गरिएको छ। जिओ टिभीका अनुसार शहबाजलाई आसियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी ९एफआईए० ले सन् २०२१ को डिसेम्बरमा शहबाज र हम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको धनको अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो।

एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्