Kathmandu Press

दक्षिण कोरियामा आइतबार ९ हजार ८३५ कोरोना संक्रमित थपिए

सउल, जेठ २२ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ। त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको...
दक्षिण कोरियामा आइतबार ९ हजार ८३५ कोरोना संक्रमित थपिए

सउल, जेठ २२ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ। त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो सङ्क्रमण देखिएको छ।

यसअघि अघिल्लो दिन अर्थात शुक्रबारमात्र यहाँ कम्तीमा पनि १२ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।यहाँ पछिल्लो केही हप्तामा सङ्क्रमण दरमा कमी आएको पाइएको हो । 

दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ सङ्क्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।

यसैसँगै कूल सङ्क्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ। त्यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण हुने मृत्यु दर पनि कम रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, जेठ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्