चन्द्रागिरिमा साइलक ट्रेलको विकास र विस्तार गरिने
काठमाडौं, जेठ २२ : चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गर्ने बताएका छन्। विश्व वातावरण दिसवका अवसरमा आइतबार चन्द्रागिरि नगरपालिका–६...
काठमाडौं, जेठ २२ : चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गर्ने बताएका छन्।
विश्व वातावरण दिसवका अवसरमा आइतबार चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै नगरप्रमुख गिरीले नगरक्षेत्रमा थप पर्यटन प्रवर्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गर्ने बताएका हुन्।
उनले वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिने र नगरलाई हरियाली बनाउन बुक्षारोेपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिए।
चन्द्रागिरि राइडर्स क्लवले मातातीर्थ क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरेको थियो।
प्रकाशित मिति: १२:०४ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












