Kathmandu Press

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

नेपालगञ्ज, जेठ २२ : बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप...
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

नेपालगञ्ज, जेठ २२ : बाँकेको नेपालगञ्जस्थित सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए। 

उनका अनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको हो । 

Hardik ivf

विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ । सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ।  

विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उहाँले जानकारी दिए। 

सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म दुई हजार ७३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । बालविकास केन्द्रमा १११, कक्षा १ मा १२३, कक्षा २ मा ११४, कक्षा ३ मा ११२, कक्षा ४ मा १४५, कक्षा ५ मा १३१, कक्षा ६ मा १८९, कक्षा ७ मा २३७, कक्षा ८ मा २०८, कक्षा ९ मा २७३, कक्षा १० मा २३८, कक्ष ११ मा ४८० र कक्षा १२ मा ३७६ जना भर्ना भएका छन्।

नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकाले विद्यालय दुई भागमा सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायको भनाइ छ। 

प्रकाशित मिति: ११:३० बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्