Kathmandu Press

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

काभ्रे, जेठ २३ : पनौती–बनेपा सडकखण्डअन्तर्गत  पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ।शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको...
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

काभ्रे, जेठ २३ : पनौती–बनेपा सडकखण्डअन्तर्गत  पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३  प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए। 

उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ  छन्। घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनीको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ। 

प्रकाशित मिति: १०:४० बजे, आइतबार, जेठ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्