वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो
पर्सा, जेठ २२ : वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको...
पर्सा, जेठ २२ : वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२ वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित भएका हुन्।
दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भए। यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित भएका थियो।
कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १०:११ बजे, आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












