Kathmandu Press

मधेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जनकपुर, जेठ २३: मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको छ।आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मधेश...
मधेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जनकपुर, जेठ २३: मधेश प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार नै स्वीकृत गरिसकेको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने लगायतका कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै प्रशासनिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने कार्यक्रम समेटिएको एक मन्त्रीले बताए।

संवैधानिक व्यवस्था अनुसार सातै प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्