Kathmandu Press

सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा एक पुरूषकाे मृत्यु

भक्तपुर, जेठ २१ : मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने...
सुकुम्वासी बस्तीमा करेन्ट लाग्दा एक पुरूषकाे मृत्यु

भक्तपुर, जेठ २१ : मध्यपुरथिमि नगरपालिका–१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उनले दिए।

प्रकाशित मिति: १९:५५ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्