Kathmandu Press

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ, जेठ २१ : पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ, जेठ २१ : पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन्। टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग१५प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो। टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडकखण्ड अवरुद्ध गरेका छन्।

प्रकाशित मिति: १९:३३ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्