रासायनिक कारखानामा विस्फोट हुँदा आठ जनाको जलेर मृत्यु

हापुर जेठ २१ : उत्तर प्रदेशको हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्। विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएका तथा आठ जनाको मृत्यु भएको छ हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए। घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति: १९:३१ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












