Kathmandu Press

‘छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा जोड दिउँ’

कर्णाली, जेठ २१ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माणमा जोड दिनुपर्ने बताएका छन। ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवस...
‘छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा जोड दिउँ’

कर्णाली, जेठ २१ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माणमा जोड दिनुपर्ने बताएका छन।

 

‘जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवस २०७९’ अवसरमा उहाँले प्रदेशवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन। उनले नेपालको इतिहास सिंहावलोकन गर्दा वर्णाश्रम जात व्यवस्था नै जातीय विभेद र छुवाछूतको मूल आधार बनेको बताएका हुन।

Hardik ivf

जारी सन्देशमा प्रदेश प्रमुख परियारले भनेका छन, 'सशस्त्र युद्ध र १९ दिने शान्तिपूर्ण जनआन्दोलनले सामन्ती राजतन्त्रात्मक सत्तालाई विस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरिदियो, त्यसकै उपलब्धिका रुपमा विसं २०६३ जेठ २१ गते जातीय छुवाछूतमुक्त राष्ट्र घोषण भएपश्चात् २१ गतेलाई जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउन थालिएको हो।'

प्रदेश प्रमुख परियारले विविध जातजाति र धर्म संस्कृतिबीचको एकता नेपालीको पहिचान भएको जनाए। छुवाछूत राष्ट्रिय समस्या भएकाले उनले यसलाई उन्मूलन गर्न तीन तहका सरकार र आम सचेत नागरिकले लागू गर्नुपर्नेमा जोड दिए। उनले यो राष्ट्रिय दिवसबाट सामाजिक एवं रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकरात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

प्रदेश प्रमुख परियारले दिवसले आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन।

प्रकाशित मिति: १८:४३ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्