Kathmandu Press

धनगढीमा रुखबाट लडेर एकको मृत्यु

कैलाली, जेठ २१ : धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ। सामुदायिक वनमा वनफल (कुसुम) टिप्न...
धनगढीमा रुखबाट लडेर एकको मृत्यु
Hardik ivf

कैलाली, जेठ २१ : धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ। सामुदायिक वनमा वनफल (कुसुम) टिप्न रुख चढेका सोही ठाउँका श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

रुखबाट लडेर घाइते भएका चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रानउ जोशीले बताए। यस्तै मृतक चौधरीसँगै लडेर घाइते भएका १८ वर्षीय भाष्कर जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्