Kathmandu Press

जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन जेठ २९ मा

जुम्ला, जेठ २१ : जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ।सदरमुकाम खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालकाका अनुसार २०७९ यही जेठ...
जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन जेठ २९ मा

जुम्ला, जेठ २१ : जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ।

सदरमुकाम खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालकाका अनुसार २०७९ यही जेठ २९ गते हुने निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिह्न प्रदान गरिने भएको छ।

Hardik ivf

प्रमुख र उपप्रमुखसहित नौ सिटका लागि निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए।

यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन्। जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह छन्। नेपाली कांग्रेसले पाँच अध्यक्षसहित दुई उपाध्यक्ष र चन्दननाथ नगरपालिकामा उपप्रमुख जितेको छ।

कांग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गोठीचौर र तातोपानी गाउँपालिकाको अध्यक्षमा विजय हात पारेको छ भने हिमा र कनकासुन्दरी गाउँपालिकाको उपाध्यक्ष तथा चन्दननाथमा उपप्रमुखमा कांगे्रसले जीत हासिल गरेको छ।  

यस्तै माओवादी केन्द्रले सिँजा र तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सिँजा, पातारासी गाउँपालिकामा उपाध्यक्ष माओवादीले जितेको छ।

नेकपा एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा विजयी भएका छन्। जम्मा १६ मतदातामध्ये आठ कांग्रेस, छ माओवादी, एक समाजवादी र एक स्वतन्त्र उम्मेदवार छन्।

नेपाली कांग्रेसले समन्वय प्रमुखको नेतृत्व लिने करिब पक्का देखिएको छ। कांग्रेसलाई बहुमत पुग्न एक मत आवश्यक पर्छ। 

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्