थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, जेठ २१ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ९ सय ५७ पिसिआर परिक्षणका क्रममा ८ जना र...
काठमाडाैं, जेठ २१ : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ९ सय ५७ पिसिआर परिक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन्। हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३० बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












