Kathmandu Press

उडान अवरूद्ध गरिएको रूसी विमानबारे कूटनीतिक विवादमा श्रीलंका

कोलम्बो, जेठ २१ : एयरोफ्लोट विमानलाई पक्राउ गर्ने निर्णयको पछाडि द्वीपहरूको राष्ट्र श्रीलङ्काको सरकार नरहेको श्रीलङ्काको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ। रूसले सो कदममाथि...
उडान अवरूद्ध गरिएको रूसी विमानबारे कूटनीतिक विवादमा श्रीलंका

कोलम्बो, जेठ २१ : एयरोफ्लोट विमानलाई पक्राउ गर्ने निर्णयको पछाडि द्वीपहरूको राष्ट्र श्रीलङ्काको सरकार नरहेको श्रीलङ्काको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ। 

रूसले सो कदममाथि कूटनीतिक विरोध गरेपछि कोलम्बोस्थित सो विमानस्थलले यसमा सरकारी स+nग्नता नरहेको दाबी गरेको हाे।

राजधानी कोलम्बोको एक अदालतको बिहिबारको निर्देशनपछि मस्कोबाट आएको एयरबस ए–३३० सोही दिन बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको थियो। 

Hardik ivf

उडान नम्बर एसयू–२८९ मा सवार १९१ यात्रु र १३ जना चालक दलसहितको विमान रूसको राजधानी फर्किन लागेको समय विमानस्थलमा रोकिएको थियो।

रूसी राज्य समाचार एजेन्सी (तास) का अनुसार रूसी विमान श्रीलङ्कामा रोकिएपछि यसबारे विरोध र सोधपुछका लागि मस्कोमा रहेका श्रीलङ्काका प्रमुख कुटनीतिक प्रतिनिधिलाई शुक्रबार रूसी विदेश मन्त्रालयमा बोलाइएको थियो।

तर बन्दरानाइके विमानस्थल सञ्चालन गर्ने विमानस्थल प्रशासन तथा उड्डयन सेवा कार्यालयले विवाद ‘केवल व्यावसायिक प्रकृतिको’ रहेको र यो राज्यको सहभागिताको अधीनमा हुन नहुने बताएको थियो।

आयरल्याण्डको सेलेस्टेरियल एभियसन ट्रेडिङ १० लिमिटेडले दर्ता गरेको व्यावसायिक विवादको जवाफमा विमानलाई कोलम्बो कमर्सियल कोर्टको आदेशमा रोकिएको उड्डय प्रशासनले जनाएको छ। मुद्दाको सुनुवाइ आगामी  बुधबार हुने बताइएको छ। 

विमान कोलम्बोको उत्तरमा रहेको बन्दारानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ र यसका यात्रुहरूलाई होटलमा राखिएको छ। 

मस्कोले यूक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले सबै अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गरेका थियो तर अर्को महिनामा कोलम्बोका लागि उडान आरम्भ गरिएको थियो।

रूसको नागरिक उड्डयन निकायले विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई प्रतिबन्धबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो। उडान एसयू–३८९को नियन्त्रण ती प्रतिबन्धहरूसँग सम्बन्धित छ कि छैन भन्ने अझै स्पष्ट भइसकेको छैन।

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्