Kathmandu Press

महामारीपछि साउदीले हजका लागि १० लाख विदेशी तीर्थयात्रीलाई स्वागत गर्ने

रियाद, जेठ २१ : साउदी अरबले शनिबार कोरोना भाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ।अधिकारीहरूले महामारीका कारण वार्षिक रूपमा मनाइने पर्वहरूमा...
महामारीपछि साउदीले हजका लागि १० लाख विदेशी तीर्थयात्रीलाई स्वागत गर्ने

रियाद, जेठ २१ : साउदी अरबले शनिबार कोरोना भाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ।

अधिकारीहरूले महामारीका कारण वार्षिक रूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तिर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएको थियो। 

इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा आइतबार अवतरण भएको छ र आगामी हप्ताहरूमा हजका लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र सहर जाने तय गरिएको राज्य सञ्चालित सञ्चार माध्यमले बताएको छ। 

Hardik ivf

देशको हज मंत्रालयका मोहम्मद अल–बिजावीले राज्य सञ्चालित अल–एखबरीया च्यानललाई बताउँदै भने, 'आज हामीले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेका छौँ। आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहनेछन्।' 

'महामारीको कारण दुई वर्षे अवरोधपछिआज हामी राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी छौं,' उनले भने। साउदी अरबले उनीहरूको व्यवस्थापनका लागि ‘पूर्ण तयारी’ गरिरहेको छ।

इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ। 

सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए। 

सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए। 

सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो।

यो वर्षको अप्रिल महिनामा साउदी अरबले जुलाईमा हुने यस हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो। 

हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन्। 

प्रकाशित मिति: १५:२० बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्