Kathmandu Press

काठमाडौं महानगरमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने 

काठमाडौं, जेठ २१ : काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार अपराह्न ३ बजे समन्वय समितिको बैठक बस्ने भएको छ।महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली...
काठमाडौं महानगरमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने 

काठमाडौं, जेठ २१ : काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार अपराह्न ३ बजे समन्वय समितिको बैठक बस्ने भएको छ।

महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत छलफल गन शुक्रबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसेको थियो।

सोही बैठकले हरेक महिनाको पहिलो सोमबार अपराह्न ३ बजे समन्वय समितिको बैठक बस्ने निर्णय गरेको हो।

बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बस्यो। बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारी सहभागी थिए। 

बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारीको उपस्थिति रहनेछ। बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ।

यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ। यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ। 

कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्त यस प्रकारको बैठक बस्न लागिएको मेयर साहको भनाइ छ।

विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने मेयर साहको भनाइ छ। 

प्रकाशित मिति: १५:११ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्