Kathmandu Press

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा

काठमाडाैं, जेठ २० : सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक  वर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ। 

यस्तै जिल्लाको दशरथचन्द नगरका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो। 

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि रु ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ।

डिलाशैनी गाउँपालिकाका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि रु ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि रु ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि रु ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि रु २५ करोड ९९ लाख विनियोजन भएको छ। 

बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन्। 

प्रकाशित मिति: १४:०१ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्