Kathmandu Press

अमेरिकी रक्षामन्त्रीले अर्को साता चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने

वासिङ्टन, जेठ २१ : अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने...
अमेरिकी रक्षामन्त्रीले अर्को साता चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने

वासिङ्टन, जेठ २१ : अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गर्नुभएको अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार समाचारमा उल्लेख गरेको छ।

रक्षा अधिकारीले भने, 'अस्टिन र चीनका राष्ट्रिय रक्षा मन्त्री जनरल वेइ फेन्घेबीचको भेटवार्ताको मिति र समय तय भने अहिलेसम्म भएको छैन।' 

अस्टिनले आगामी शनिबार (जुन ११) मा साङ्ग्रिला संवाद नाम दिइएको रक्षामन्त्री स्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

Hardik ivf

सिएनएनले रिपोर्ट गरेअनुसार अप्रिल २० मा अस्टिन र वेइले करिब ४५ मिनेट टेलिफोन सम्वाद गरेका थिए।

यो अमेरिकी रक्षामन्त्रीको एक बर्षभन्दा पहिले डोनाल्ड ट्रम्प राष्ट्रपति रहेको समयदेखि संवादहीन दुई विदेशमन्त्रीबीचको संवादहीनताको अवस्थालाई तोड्दै आफ्ना चिनियाँ समकक्षीसँग सम्बन्ध सुधारका लागि पहल थाल्ने सङ्केत हो। 

पेन्टागन स्रोतले भने चिनियाँ समकक्षीसँगको वार्ताबारे कुनै कार्यक्रम तय भइनसकेको जनाएको छ। अर्का वरिष्ठ अमेरिकी रक्षा अधिकारीले केही हप्ता पहिले भनेका थिए, 'चिनियाँ विदेशमन्त्रीसँगको पहिलो कुराकानी राम्रो थियो। विभिन्न विषयमा छलफल गरिएको थियो। स्पष्टतः इन्डो–प्यासिफिकमा सुरक्षासम्बन्धी विवादहरू देखिए। मेरो विचारमा यो बिषयलाई म अहिले यतिमा नै सीमित गर्नु उचित होला।' 

अस्टिनले बारम्बार चीन रक्षामन्त्रालयका लागि ‘निरन्तर चुनौती’ बताउँदै आउनुभएको छ। यूक्रेनमा रूसको चलिरहेको युद्धसँग पनि संयुक्त राज्य अमेरिकाका लागि इन्डो–प्रशान्त क्षेत्र अमेरिकी प्राथमिकतामा रहेको उgले बताए। 

उनले भने, 'इन्डो–प्रशान्त राष्ट्रहरूले पारदर्शीता, मार्ग–निर्देशनको स्वतन्त्रता, विवादको शान्तिपूर्ण समाधान र सार्वभौमिकता सार्वभौम राष्ट्रहरूको क्षेत्रीय निष्ठामा आधारित बिषय बताउँदै आएका छन्।'

थप तर्क पेश गर्दै उनले भने, 'साथै, हामीले यी साझा सिद्धान्तहरूमा आक्रमण कस्तो देखिन्छ भन्ने पनि देखेका छौं, दक्षिण चीन सागरमा जनवादी गणतन्त्र चीन र रूसको ‘हस्तक्षेप’विरूद्ध हामी यस क्षेत्रका लागि अझ पारदर्शी र समावेशी सुरक्षा व्यवस्था निर्माण गर्न सक्रिय तापूर्वक काम गर्दैछौं।'

यस हप्ताको सुरुतिर अमेरिकी संसदीय प्रतिनिधिमण्डल ताइवान भ्रमण गर्दा वासिङ्टन र बेइजिङबीचको तनावग्रस्त सम्बन्धले थप चर्चा पाएको थियो। 

यसको जवाफमा वासिङ्टनस्थित चिनियाँ दूतावासबासका अनुसार ‘ताइवान स्वतन्त्रता’ का नाममा पृथकतावादी शक्तिमा गलत संकेत नपठाउन’ आग्रह गर्दै अमेरिकासँग कडा प्रतिवाद गरेको थियो। 

उल्लेखनीय कुरा के छ भने, चीनले सोमबार ताइवानी आकाशमा ३० वटा लडाकू विमानहरू पनि पठाएको थियो जुन चार महिनामा सबैभन्दा बढी हो।

प्रकाशित मिति: १३:२५ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्