Kathmandu Press

भारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान

भारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान

नयाँ दिल्ली, जेठ २१ : भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ। 

‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन्। 

आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३।३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ। 

Hardik ivf

कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरेका हुन्। 

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्यवृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो। 

श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए। 

आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ। 

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन्। भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो। 

यी सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो। 'हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सागम्रीहरु उपलब्ध गराएका छौँ,' श्रीलंकास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्