Kathmandu Press

मनाङको नासों गाउँपालिकामा अतिविपन्न र दलितलाई निःशुल्क स्वास्थ्य बीमा

मनाङ, जेठ २१ : मनाङको नासों गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र...
मनाङको नासों गाउँपालिकामा अतिविपन्न र दलितलाई निःशुल्क स्वास्थ्य बीमा

मनाङ, जेठ २१ : मनाङको नासों गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठक बिग्रिएका सडक तत्काल मर्मत गर्ने निर्णय पनि गरेको छ। बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासनसम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने निर्णय पनि गरेको छ।

बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी  गाउँपालिकाकाले् गरेको छ । नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर गुरुङले बताए।

 

प्रकाशित मिति: ११:१३ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्