Kathmandu Press

फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति

काठमाडौं, जेठ २१ : बूढानीलकण्ठ नगरपालिका वडा नं. १०मा फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको छ। वडा नं....
फोहर व्यवस्थापन र वातावरण संरक्षणलाई टोल सुधार समिति

काठमाडौं, जेठ २१ : बूढानीलकण्ठ नगरपालिका वडा नं. १०मा फोहर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको छ। वडा नं. १० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीका संयोजकत्वमा नौ सदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको हो।

समितिका सदस्यमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेल छन्।

Hardik ivf

रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकलभित्र तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्को भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने छ ।

समितिले शान्तिसुरक्षा, फोहर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नाका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिइन्। 

प्रकाशित मिति: ११:०० बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्