जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका ६ र एमालेका २ निर्वाचित
धनुषा, जेठ २१ : जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ६ र नेकपा एमालेका २ उम्मेदवार निर्वाचित भएका छन्।कार्यपालिका सदस्यको...
धनुषा, जेठ २१ : जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ६ र नेकपा एमालेका २ उम्मेदवार निर्वाचित भएका छन्।
कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भए।
महिला सदस्यमा कांग्रेसका फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन्।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान छ ।
प्रकाशित मिति: १०:५६ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












