Kathmandu Press

एक करोड ठगीको अभियोगमा एक जना पक्राउ

काठमाडौं, जेठ २१ : एक करोड भन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको...
एक करोड ठगीको अभियोगमा एक जना पक्राउ

काठमाडौं, जेठ २१ : एक करोड भन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। उनले एक करोड १९ लाख ८४ हजार ठगी गरेको आरोप लागेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई नयाँ बजारबाट पक्राउ गरेको जनाएको छ। उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०६:३६ बजे, शनिबार, जेठ २१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्