Kathmandu Press

भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना

भारतमा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना

नयाँ दिल्ली, जेठ २० : भारतको एउटा प्रयोगशालामा ग्याँस चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन्।

विरामीमध्ये अधिकांश महिला कामदार रहेका छन्। शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।

Hardik ivf

भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन्। आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो।

'घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,' जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख  हेमन्त अनाबाथुलले भने।

ग्याँस चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।   

ग्याँस चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखा परेको थियो।

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्