खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु
बागमती, जेठ २० : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ।...बागमती, जेठ २० : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।
एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो। हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१