Kathmandu Press

भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ २० : भारत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएकाे छ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार...
भारतमाा एकदिनमा चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ २० : भारत २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४१ जना थपिएकाे छ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार तीन हजार ७१२ लाई कोरोना सङ्क्रमण भएको थियो। बुधबारको तुलनामा बिहीबार कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक हजार बढेको छ। गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो। त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो।

बिहीरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २२ हजार ३९४ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ।

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १७ लाख परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ८३ लाख भन्दा बढी डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्